छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट

डिसी नेपाल
१२ फागुन २०८० २२:०३

काठमाडौं। नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, ‘टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको छ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ।’

नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *