६ दिनको हडताल पछि आइफिल टावर खुल्ला

डिसी नेपाल
१४ फागुन २०८० ८:१३

पेरिस। ६ दिनको हडताल पछि विश्व प्रसिद्द आइफिल टावर खुल्ने भएको छ । पेरिसको आइफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।

टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका अपरेटरले शनिबार युनियनहरूसँग सम्झौता भएको बताए पछि खुल्ने अपेक्षा गरिएको हो ।

गत तीन महिनामा प्रतिष्ठित ल्यान्डमार्कमा यो दोस्रो यस्तो स्ट्राइक हो । पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ । टावरको व्यवस्थापन गर्दै आएको सेटेले टिकट लिइसकेकाहरूसँग माफी मागेको छ र उनीहरूलाई कारबाहीबाट प्रभावित बुकिङहरूको लागि क्षतिपूर्ति दिइनेसमेत बताएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए ।

शक्तिशाली कन्फेडेरेशन जेनेरेल डु ट्राभेल ९सीजीटी० युनियनका अनुसार कर्मचारीहरूले सेटेजको को व्यापार मोडेलमा हड्ताल गर्ने निर्णय गरेको थियो, जुन यसले भविष्यमा आगन्तुक संख्याको बढेको अनुमानमा आधारित थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *