लाखौं प्यालेस्टाइनी भोकमरीको संघारमा

डिसी नेपाल
१६ फागुन २०८० १६:२५

काठमाडौं । गाजामा इजरायल र हमासबीच चलिरहेको भीषण युद्धको बीचमा स्थिति थप बिग्रँदै गएको छ । त्यहाँका सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । लाखौं प्यालेस्टाइनी भोकमरीको संघारमा छन्। जनता हरेक सानो कुरामा निर्भर भइसकेका छन् ।

यसैबीच, जोर्डनबाट निश्चित रूपमा हवाई सहयोग प्रदान गरिएको छ। तर यो सहयोग पनि अपर्याप्त छ। किनभने भोकाएको संख्या लाखौंमा छ, जबकि आकाशबाट केही सहयोगका प्याकेटहरू मात्रै बर्षाइरहेका छन् । यसैबीच हमास र इजरायलबीच युद्धविरामको सूचना पनि बाहिर आएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यस पछि सबै परिवर्तन भयो। इजरायलको आक्रमणबाट आज गाजा पूर्ण रुपमा ध्वस्त भएको छ । घरको भग्नावशेषबाहेक सबैतिर केही देखिँदैन । सोमबार मानिसहरु आफ्नो ज्यान जोगाउन समुद्रको किनारमा दौडे तर यहाँ खानेकुरा भेटिएन ।

बालबालिका, वृद्धवृद्धा र महिला सबै सानातिना कुरामा निर्भर छन् । कतैबाट सहयोग आउनेबित्तिकै मानिसहरू भाग्छन्। यसैबीच विस्फोट र गोलीको आवाज पनि सुनिएको छ । मानिसहरु पनि यता उता दौडिरहेको देखिन्छ ।

सोमबार, जोर्डनका राजा अब्दुल्लाहको तर्फबाट हवाई ड्रप अपरेशन मार्फत खाद्यान्न र चिकित्सा सहायता पुर्‍याइएको थियो। यसका लागि चारवटा सी–१३० विमान तैनाथ गरिएको थियो । तर, यस क्रममा केही सामाग्री समुद्रमा खसेको थियो जसलाई डुङ्गाबाट फिर्ता ल्याइयो ।

इजरायली आक्रमणका कारण गाजाको २३ लाख जनसंख्याको ८५ प्रतिशत भोकमरीको संघारमा पुगेको छ । अब यी मानिसहरूले अरब देशहरूसँग मद्दतको लागि अनुरोध गरिरहेका छन्। तर सहयोगको नाममा यी मानिसहरूले विश्वास मात्र पाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *