मालीमा भीषण सडक दुर्घटना, पुलबाट बस खस्दा ३१ जनाको मृत्यु
काठमाडौं । अफ्रिकी देश मालीमा मंगलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । केनिबामा एउटा बस नदीको पुलबाट खसेको हो ।
यो दुर्घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो । बस बुर्किना फासो जाँदै थियो। चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।
पश्चिम अफ्रिकामा पछिल्लो समय सडक दुर्घटना बढेको छ । मालीको खराब सडकलाई बढ्दो सडक दुर्घटनाको कारण मानिएको छ । विश्वभर सडक ट्राफिकबाट हुने मृत्युमध्ये झण्डै एक चौथाइ अफ्रिकामा हुने गर्दछ।
४६ दिनअघि पनि मालीमा सडक दुर्घटना भएको थियो । यसै क्रममा बस र ट्रक एक आपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।
प्रतिक्रिया
Facebook Comment