नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

डिसी नेपाल
२३ फागुन २०८० १९:०७

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए। चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए।

आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए। उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे।

त्यस्तै चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गरे। टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *