युरोपमा प्यारोट फिभर नामक घातक रोग फैलिँदै, ५ जनाको मृत्यु, डब्लुएचओ भन्छ ‘धेरै खतरनाक’
काठमाडौं । युरोपका धेरै देशमा घातक रोग फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्यारोट फिभर नाम दिएको छ । डब्ल्यूएचओले यो निकै खतरनाक भएको बताएको छ । यसबाट हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।
युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार प्यारोट फिभर चरामा पाइने ब्याक्टेरियाका कारण सर्ने गर्छ । यो ब्याक्टेरियाबाट संक्रमित चराले मानिसलाई टोकेमा उसलाई पनि संक्रमण हुन्छ । यो रोग संक्रमित जनावरको सेवनले भने सर्दैन ।
अमेरिकी मिडिया सीएनएनले आफ्नो रिपोर्टमा डब्ल्यूएचओलाई उद्धृत गर्दै लेखेको छ, ‘प्यारोट फिभरलाई सिटाकोसिस पनि भनिन्छ। यसले युरोपेली देशहरूमा बसोबास गर्ने मानिसहरूलाई नराम्रो असर पारेको छ। सन् २०२३ को सुरुमा पनि यो रोगबाट मानिसहरु संक्रमित भएपनि अहिले यसको कारणले ज्यान गुमाउन थालेका छन् ।
सीएनएनका अनुसार डब्ल्यूएचओले भनेको छ, ‘२०२३ मा अस्ट्रियामा १४ जनामा संक्रमण पुष्टि भएको थियो तर यो वर्ष मार्चमा मात्रै ४ वटा केस रिपोर्ट गरिएको छ। कुल केस १८ पुग्यो।’ डेनमार्कमा २७ फेब्रुअरी सम्म २३ मामिलाहरू पुष्टि भएका थिए।
२०२३ मा जर्मनीमा १४ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्ष हालसम्म ५ वटा मृत्युका घटना सार्वजनिक भइसकेको छ । अहिलेसम्म ३ देशमा ६० जना प्यारोट फिभरबाट संक्रमित भेटिएका छन् । नेदरल्याण्ड्समा पनि २१ मामिलाहरू रिपोर्ट गरिएको छ। डब्ल्यूएचओले हालै भेटिएका धेरैजसो केसहरू घरपालुवा जनावर वा जङ्गली चराहरूको सम्पर्कबाट आएको बताएको छ।
अनुसन्धानहरुले जलवायु परिवर्तनका कारण रोगहरु सर्ने गरेको पाइएको छ । तल्लो र तातो ठाउँमा बसोबास गर्ने जनावरहरूले बढ्दो तापक्रम सहन नसक्ने भएकाले माथिल्लो र चिसो ठाउँमा बसाइँ सर्ने गरेका छन् । यससँगै पहिले नभएको ठाउँमा पनि रोगहरु पुगेका छन् ।
Facebook Comment