भिजिट भिसाको सेटिङ गर्ने कर्मचारी १ लाख धरौटीमा रिहा

डिसी नेपाल
२७ फागुन २०८० १०:२१

काठमाडौं। नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोप लागेका फरार अधिकृत बिमल पौडेल लगायतका कर्मचारीहरु जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। केही दिन अघि काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।

तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म सहकार्य गरेका पौडेल तथा अन्य कर्मचारीलाई प्रहरीले फरार बनाएर मुद्दा दायर गरेको थियो। ‘अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए, उनी धरौटीमा रिहा भएका छन्’, अदालतल स्रोतले भन्यो।

गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

तत्कालीन अध्यागमन अधिकृतको हैसियतमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको हो। मुद्दा दायर हुने भएपछि पौडेल कागजी रुपमा फरार भएका थिए। उनै पौडेल हालै काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए। अहिले उनी गृह मन्त्रालय हाजिर भइसकेका छन्। पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए थिए।

गृहसचिवको सचिवालयमा बसेका पौडेलले कोरोनाकालमा उक्त बैंकका सञ्चालकहरुलाई गाडी छुटाउन कही नरोकिने गरी पास उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन। अख्तियार र गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा सचिवको सचिवालयमा बसेका पौडेल किर्ते अपराधमा मुछिएका हुन्।

अख्तियारमा बसेका पौडेलमाथि सरकारवादी मुद्दा लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सम्पत्ति छानबिन गर्न जरूरी छ। उनीसँगै फरार भएका शैलेन्द्र ढकाल ताराबहादुर कुँवर, विष्णु अर्याल, कुशल बराल, सुजन फागो विकाश डङ्गोल र पीताम्बर रिमाल पनि जिल्ला अदालतमा सुटुक्क हाजिर भएर त्यसै दिन धरौटीमा रिहा भएका छन्।

अर्याल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा थिए भने डंगोल सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनबाट अध्यागमन पुगेका अधिकृत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *