नेतन्याहुले बाइडेनको चेतावनीलाई बेवास्ता गरे, भने- इजरायली सेना रफाह जानेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीको दक्षिणी सहर रफाहमा आक्रमण गर्ने योजना बनाएको बताएका छन्।
जब नेतान्याहुलाई आइतबार सोधिएको थियो कि इजरायली सेनाहरू रफाह जानेछन् कि छैनन्, उनले भने, “हामी त्यहाँ जानेछौं। हामी छोड्नेवाला छैनौं। तपाइँलाईलाई थाहा छ मसँग रातो रेखा छ। त्यो रातो रेखा अब अक्टोबर ७ जस्तो घटना दोहोरिन दिन्नौं ।”
कसैको नाम नलिई नेतान्याहुले आफूलाई धेरै अरब नेताहरूको समर्थन रहेको दाबी गरेका छन् ।
यसअघि शनिबार अमेरिकी राष्ट्रपति बाइडेनले रफाहमा भएको आक्रमणको विरोध गर्ने बताएका थिए । उनले थप ३० हजार प्यालेस्टाइनी मारिने कुरा स्वीकार गर्न नसक्ने बताएका थिए ।
यसअघि राहत संगठनहरूले इजिप्टसँगको सीमामा रहेको रफाहमा आक्रमण गर्दा ठूलो संख्यामा सर्वसाधारण मारिने बताएका थिए।
जर्मनीकी विदेशमन्त्री एनालेना बियरबकले यसलाई ‘मानवीय आपदा’ भनेकी छन् ।
गाजा पट्टीको उत्तर र केन्द्रमा भएका सहरहरूमा आक्रमण भएपछि रफाह ठूलो संख्यामा प्यालेस्टिनी शरणार्थीहरूको घर हो।
Facebook Comment