२५ औं फ्लोरा एक्स्पो चैत पहिलो साता काठमाडौंमा हुने

डिसी नेपाल
२८ फागुन २०८० १४:५९

काठमाडाैं। २५ औं फ्लोरा एक्स्पो चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला पुष्प मेला आयोजना हुने जानकारी दिएको हो।

‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ‘भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सिताराम पन्तले जानकारी दिए।

एक्स्पोमा व्यवसायीक स्टल ६० वटा , ल्याण्डस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् भने मेलामा आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगाएतको प्रदर्शनी तथा विक्री कक्ष रहने उनले बताए।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ। एक्स्पो अवधिभर ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोडसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको मेला संयोजक पन्तले बताए।

हाल देशभरका ४८ जिल्लामा करिव २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ। आर्थिक बर्ष ०७९-८० मा ३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएको र अघिल्लो आर्थिक बर्षका तुलनामा ३३ दशमलव ६३ प्रतिशतले बार्षिक कारोबारमा बृद्धि भएको एशोसिएशनको भनाइ छ। त्यस्तै आर्थिक बर्ष ०७९-८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८ दशमलव १८ लाख र आयाततर्फ भने करिव ३३ करोड बरावरको कारोवार भएको भन्सार बिभागको तथ्यांक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *