प्रि-ओपन सेसन नेप्से १३ अंकले बढ्यो

काठमाडाैं। प्रि-ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ।
यससँगै सूचक २०६५.६२ विन्दुमा आएको छ। ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार हुँदा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो। ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया
Facebook Comment