नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि

काठमाडौं। नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ।
यसदिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
प्रतिक्रिया
Facebook Comment