प्रतिनिधिसभा बैठक, राजनीतिक दल सबन्धी बिधेयक प्रस्तुत गरिने
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पत्ति भएको ‘सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सबन्धी केही ऐनलार्ई संशोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ।
उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथिीबिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Facebook Comment