आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment