ट्रुमी-ट्रुडर्माकाे ब्रान्ड एम्बेसडरमा अभिनेत्री केकी अधिकारी

डिसी नेपाल
२ चैत २०८० १३:५५

काठमाडौं। सौन्दर्य प्रशाधनका सामग्री उत्पादक कम्पनी ट्रुमी-ट्रुडर्माले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। बिहीबार अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रुमी/ट्रुडर्माका सामग्री गुणस्तरीय रहेको बताइन्। अमेरिकी प्रविधिबाट उत्पादित ट्रुमीका विभिन्न उत्पादनहरु समेत प्रभावकारी भएको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताइन्।

‘मलाई यो अवसर प्रदान गर्नुभएकोमा आभारी छु,’ अभिनेत्री अधिकारीले भनिन्, ‘मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ।’

कम्पनीका अध्यक्ष मुरारकाले केकी अधिकारी जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो उत्पादनको एम्बेस्डर बनाउन पाएकोमा उत्साहित भएको बताए। ‘हाम्रो सहकार्यले ट्रुमी/ट्रुडर्माले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ,’ अध्यक्ष मुरारकाले भने।

ट्रुमी/ट्रुडर्माले नेपाली बजारमा १७ प्रकारका हेयरकेयरका सामग्री उपलब्ध गराउँदै आएको छ। यसका साथै छालाको हेरचाह तथा सौन्दर्यसम्बन्धी सामग्री पनि नेपाली बजारमा लोकप्रिय बन्दै आएको कम्पनीको भनाइ छ। ट्रु-मीका हेयर–केयर र स्कीन केयरका सामग्री सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीले उल्लेख गरेको छ।

नेपाली बजारमा उपलब्ध हेयरकेयर सामग्री

क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् । त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरु छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *