नागढुंगा-नौबिसे सडक निर्माणमा तिब्रता दिन सांसद ढकालको ध्यानाकर्षण

डिसी नेपाल
२ चैत २०८० १४:५८

काठमाडाैं। प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले राजधानी जोड्ने सडकको मर्मत सम्भार सरकारको सबैभन्दा महत्वपुर्ण प्राथमिकतामा पर्नु पर्नेमा नागढुंगा देखि नौबिसे खण्डको सडक लामो समयदेखि जिर्ण अबस्थामा रहेको र मर्मतको कामले कुनै गति लिन नसकेको बारे संसदकाे ध्यानाकर्षण गराएका छन्।

पूर्व मन्त्री समेत रहेका ढकालले नेपाली मात्र नभएर भारत, भुटान, बंगलादेश सम्मका पर्यटकले समेत काठमाडौँ आवत जावतमा प्रयोग गर्ने यस सडकको दुर्दशाले अन्तर्राष्ट्रिय बेइजत कमाएको बताए।

सांसद ढकालले देशको राजधानी जोड्ने सडक दुर्गम गाउको जस्तो भएको भन्दै यसले संघिय सरकारको क्षमतामा प्रश्न खडा गरेको जनाए।

ढकालले खासगरी सार्बजानिक यातायातमा यात्रा गर्ने बालबालिका, जेष्ट नागरिक, बिरामी, सुत्केरी आदिले दैनिक भोग्नु परेको पीडाप्रति संबेदनशील भएर यस सडक खण्डको पुनर्निर्माणलाइ उच्च प्राथमिकताम राखी तिब्र गतिमा मर्मत तथा निर्माण कार्य सम्पन्न सभामुखमार्फत सरकारको धनाकर्षण गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *