भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

डिसी नेपाल
४ चैत २०८० ८:०३

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका ३ जना बालबालिकाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो।

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन्।

भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर-गोठ जलेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *