साउदी अरेबियाका युवराजले पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई के दिए आश्वासन ?
काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शनिबार पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज सरिफलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।
विगत केही वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई आर्थिक सहयोगको ठूलो खाँचो छ । यस्तो अवस्थामा साउदी अरबको यो विश्वास निकै महत्वपूर्ण छ ।
विदेशी मुद्राको अभावमा परेको पाकिस्तानलाई सहयोग गर्न साउदी अरेबियाले त्यहाँका बैंकहरूमा तीन अर्ब डलरको कोष राखेको छ । उसले पाकिस्तानलाई अन्य धेरै तरिकाले पनि सहयोग गरेको छ।
रेडियो पाकिस्तानका अनुसार युवराजले प्रधानमन्त्री सरिफलाई फोन गरी बधाई दिँदै दुई देशबीच भाइचारा रहेको बताए ।
साउदी अरेबियाका राजा र युवराजलाई पाकिस्तानका जनताले धेरै माया र सम्मान गरेको शाहबाज सरिफले बताए।
शहबाज सरिफले साउदी अरेबियाको अटल प्रतिबद्धता र पाकिस्तानलाई सहयोग गरेकोमा धन्यवाद दिए।
Facebook Comment