प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ। संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।
यसैगरी, अर्थमन्त्री बर्षमान पुनले ‘भन्सार बिधेयक २०८० माथि बिचार गरियोस्’ प्रस्तुत गर्नेछन्।
साथै, आ.ब. २०८१-८२ को लागि बिनयोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।
Facebook Comment