माओवादी पदाधिकारी बैठक सुरू

डिसी नेपाल
६ चैत २०८० ९:०९

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू भएको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिए पछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *