रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौं। रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्विटी फण्डबाट अकामा होटलबीच सम्झौता भएको छ।
उक्त सम्झौतामा फन्डको तर्फबाट कोष व्यवस्थापक प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र होटलका तर्फबाट होटेलका अध्यक्ष विनयकुमार श्रेष्ठले हस्ताक्षर गरेर होटेलमा लगानी गर्ने भएको छ।
सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ । साथै, प्राथमिक सार्वजनिक निष्कासनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ।
रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो ।
यसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ। यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो संस्थाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ।
Facebook Comment