बंगलादेश, पाकिस्तान र भारतको वायु गुणस्तर सबैभन्दा खराब, दिल्ली सबैभन्दा प्रदुषित राजधानी
काठमाडौं । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार बंगलादेश, पाकिस्तान र भारतको हावा गुणस्तर सबैभन्दा खराब छ।
भारत तेस्रो र पाकिस्तान दोस्रो स्थानमा छन् । बंगलादेशको हावा वायुमण्डलमा कणको हिसाबले सबैभन्दा खराब छ।
रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।
प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ ।
यसमा अष्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।
प्रतिक्रिया
Facebook Comment