आयरल्याण्डका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा, अब चुनाव नलड्ने

डिसी नेपाल
९ चैत २०८० १५:२६

काठमाडौं । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले बुधबार “व्यक्तिगत र राजनीतिक” कारण देखाउँदै आफ्नो पद र पार्टी नेतृत्वबाट अचानक राजीनामाको घोषणा गरेका छन्।

उनको यो घोषणाले सिंगो देश स्तब्ध भएको छ । “मैले आजबाट अध्यक्ष र नेताको पदबाट राजीनामा दिँदैछु र मेरो उत्तराधिकारीले त्यो पद सम्हाल्ने बित्तिकै ताओइसेचको पदबाट राजीनामा दिनेछु,” वराडकरले भने।

लियो वराडकरले आफ्नो पद छोड्नुको कारण व्यक्तिगत र राजनीतिक भए पनि मुख्यतया राजनीतिक भएको बताए। ‘सात वर्षको कार्यकालपछि मलाई अब त्यो पदको लागि उपयुक्त व्यक्ति हुँ जस्तो लाग्दैन’ उनले भने । उनले पार्टीमा अरुलाई पनि मौका दिन चाहेको बताए ।

आफ्नो भाषणमा वराडकरले बालअधिकार, एलजीबीटी समुदाय, महिलाहरूको लागि समानता र उनीहरूको स्वायत्तताको कुरा गर्दा देश अझ समान र आधुनिक ठाउँ भएकोमा आफूलाई गर्व लागेको बताए ।

वराडकरले २०१७ देखि फाइन गेल पार्टीको नेतृत्व गर्दै आएका छन् । ३८ वर्षको उमेरमा उनी देशको सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी प्रधानमन्त्री बने । त्यसपछि दुई पटक ताओइसेचको रूपमा सेवा गरिसकेका छन्।

वराडकरले फाइन गेल भित्र बढ्दो असन्तुष्टिको सामना गर्नु परेको छ। उनले अब चुनाव नउठाउने घोषणा गरेका छन् । यस महिनाको सुरुमा दुई संवैधानिक संशोधनमा जनमत संग्रहमा मतदाताहरूले सरकारलाई चकित पारेका थिए।

उनले डब्लिनमा दिएको राजीनामा पत्रमा भनेका छन्, “हामीले देशलाई अझ समान र आधुनिक ठाउँ बनाएकामा मलाई गर्व छ।” वराडकर भर्खरै वाशिंगटनबाट फर्केका थिए, जहाँ उनले आयरल्याण्डका प्रधानमन्त्रीको परम्परागत सेन्ट प्याट्रिक दिवसको संयुक्त राज्य अमेरिका भ्रमणको भागको रूपमा राष्ट्रपति बाइडेन र अन्य राजनीतिक नेताहरूलाई भेटे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *