इजरायलका प्रधानमन्त्रीको घोषणा- ‘अमेरिकाले सहयोग गरोस् या नगरोस्, हामी रफाहमा पस्छौं’

डिसी नेपाल
११ चैत २०८० १२:५८

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्रीलाई इजरायलले रफाहमा प्रवेश गर्ने बताएका छन्।

नेतान्याहुले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले यसमा सहयोग गर्ने आशा रहेको बताएका छन् । तर अमेरिकाले सहयोग नगरे पनि इजरायल सहरमा प्रवेश गर्न तयार छ ।

हाल १५ लाख प्यालेस्टिनीले रफाहमा आश्रय लिइरहेका छन् । गाजामा इजरायलको लगातार हमलापछि उत्तरी भागबाट भागेका मानिसहरूले रफाहमा शरण लिएका छन्।

यसैबीच गाजामा अमेरिकाले ल्याएको युद्धविराम प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पारित हुन सकेन । त्यसको समर्थनमा ११ र विपक्षमा तीन मत परेका थिए । रुस र चीनले भिटो प्रयोग गरेका थिए । अल्जेरियाले पनि यसको विपक्षमा मतदान गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *