जेलेन्स्कीले भने- पुटिन मस्को आक्रमणको लागि युक्रेनलाई दोष दिन चाहन्छन्

डिसी नेपाल
११ चैत २०८० १५:२५

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको बताएका छन् ।

शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् ।

जेलेन्स्कीले भने, “हिजो (शुक्रबार) मस्कोमा जे भयो त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य नराम्रा स्वभावका मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्।”

वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ दौडिरहेको बताएका थिए । जेलेन्स्कीले भने – रूसले सधैं पुरानो चाल खेल्छ, यसले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिन्छ।

उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यो दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *