कविता : आउ आज सँगै फागुको रंग खेलाैं
आउ आज हामी रंग खेलाैं
फागुको यो भेटेमा रंगसँग खेलाैं
एकछिन आफ्नै मन सँग खेलाैं,
धेरै भयो त, हामीले एक अकोलाई रंग नहालेको
तिमी हिँडेपछि धेरै समय सम्म त
हामीलाई फागु पनि कहाँ आयो र
उषाकाल मै तिमी हिँड्दा, पूर्व राताे हुँदै थियो
पहाडमा पुरै अँध्यारो जस्तै लाग्थ्यो
तिमी एकहोरिएर हिँडेका थियाै
हिमालमा सुनाैलो रंग नचढ्दै,
ढाकरमा भोक बोकेर, नाना चाचा समेत ल्याउँछु भन्याै
घरको लागि नहुचिहने छानाे ल्याउँछु भन्याै हिँड्याै।।
तिमी सँगै हिँडेका कति मुग्लान तिर लागे
तिमी अली धेरै जंघार काटेर यता पुगेटाै,
तिमी हिँडे पछिका हाम्रा दिनहरू पनि सजिला कहाँ थिए र
तिमी कति विदेशी भूमीमा बन्दुक बोके र
भोकका लागि अरूका वैरीसँग लड्याै
हामी पनि कति आफ्नै भूमीमा भोक बाेकेर,
आफ्नै जीवनसँग लड्याैं,
समयको त्यो दूरी र थकाललाई मेट्न
आउ आजसँगै फागुको रंग खेलाैं
समय र भूगोलको दुरीले पनि टाढा पार्न नसकेकाे
हाम्रो यो सम्बन्धलाई ताजै राख्न, आउ आज रंग थापेर फागु खेलाैं।।
हुन त समयले धेरै रंग खेलेको छ, हामीसँग
हाम्रै रगतको रंगले रंगाएको कति
एलामिनका मरूभूमी देखि बर्मा-मलायाका जंगलसम्म
अनि समुद्रको त्यो नुनिलो स्वादमा
हाम्रै आाँसुहरू मिसिएका छन् कति;
समयको त्यो विशाल सागर पार गरेको यो भेटमा
समयलाई सम्झना रहने गरी
तिमीले छाेडी आएका ती पहाडका रंगहरूको धितपुग्ने गरी
आउ आज मन भरी रंग खेलाैं, रंगहरूको फागु खेलाैं।।
तिमी हिँडेपछि पनि,
हामीले आफ्नै कलहमा जीवन खर्चिएका बेलामा
विरक्तिएर घर छाेडी हिँडेकाहरू छन् कति
आउ आज यो भेटमा, तिमी भन्दा पिहला परदेशिएका
बुद्धलाई बास दिएको यो धरामा
हामीसँग हारेका ती युद्धहरु
अनि जितेको शान्ति
अनुभूत हनेगरी, मन चंगा पार्न
सिग्ध सेता हिमालको आगाँनमा
फूलेका ती गुरााँस जस्ता रंग खेलाैं
मिलनका यी रंगहरूको सम्झना रहने गरी फागु खेलाैं ।।
फागु पूर्णिमा, सुकुम्भित७१, बैंकक २०८० चैत्र ११
Facebook Comment