निरीह बन्दै गृहमन्त्री लामिछाने
![निरीह बन्दै गृहमन्त्री लामिछाने](https://www.dcnepal.com/wp-content/uploads/2023/08/Rabi_Lamichhane-Home-minister.jpg)
काठमाडौं। पूर्व मिडियाकर्मी रवि लामिलाने ययतिबेला गृहमन्त्री छन्। मिडियाकर्मी हुँदा दिनरात नेतालाई गाली गरेर नथाक्ने लामिछाने अहिले त मिडियालाई नै तह लगाउने निर्देशन दिन भ्याए। तर मिडिया के हो? भन्ने थाहा भएर पनि अरिंगालको गोलामा हात हालेका रविले गलत निर्देशन दिएको थाहा पाएको केही घण्टामै उक्त निर्देशन फिर्ता लिन बाध्य भए।
मिडिया नहँदा नेपालमा न प्रजातन्त्र आउँथ्यो नत लोकतन्त्र नै। यही लोकतन्त्रका कारण नै रवि अहिले गहमन्त्री छन्। तर उनको कुर्सीको अहम् यति बढ्यो कि अब मिडियालाई नै ठेगान लगाउन पुगे। तर उनले ख्याल गरेनन् कि यही मिडियाक बलमा उनी नेता भएका हुन्।
मन्त्री भएपछि भ्रष्टाचार र अपराधको जालो तोडेर सुशासन फैलाउने दाबी गरे पनि आफ्नो नागरिकता, पासपोर्ट र सहकारी काण्डमा फसेका रविले भ्रष्टाचार र अवैध अपराधका फाइल खाल्न सकेका छैनन्। त्यसैले पुराना फाइल खुल्नेमा शंका छ। अझ सत्ता गठबन्धन दलकै नेताहरु फसेपछि रविले के आँट गर्लान् र भन्ने प्रश्न उब्जिएको छ।
त्यसैले त सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सचारमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटालार्ई संरक्षण गर्न तत्कालीन सरकारमात्र नभएर अहिलेको सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमेत सामेल भएकोमा अवस्थामा रवि निरीह देखिने स्पष्टै छ ।
२०७६ सालमा भ्रष्टाचार भएको आरोप लागेर यसको फाइल अख्तियारमा पुग्दासमेत अनुसन्धान टुंगोमा नपुगेको कारण सरकार र अनुसन्धान गर्ने निकायले नै संरक्षण गरिरहेको पुष्टि हुन्छ । अख्तियारले भने बास्कोटाको अडियो प्रकरणबारे अनुसन्धान शुरु भइरहेको बताएको पनि तीन वर्ष पूरा भइसकेको छ ।
उनीमाथि २०७६ फागन ११ फागुनमा अख्तियारमा उजुरी परेको थियो । तर हालसम्म उक्त उजुरीमाथि भइरहको अनुसन्धानबारे केही बताइएको छैन यसअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसको अनुसन्धान अघि बढाउनु पर्ने बताए पनि अख्तियारले भने फाइल लुकाएर बसेको छ ।
अहिलेको बनेको नयाँ समीकरण सहितको बलियो सरकारले यी फाइलहरु खुलाउने हिम्मत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । बास्कोटाले पदबाट राजीनामा दिएकै दिन सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अख्तियारल छापा मार्दै महत्वपूर्ण दस्तावेजहरू हात पारेको र उक्त दस्तावेजहरू लुकाएकोसमेत आरोप लाग्ने गरेको छ ।
त्यसैगरी टेरामेक्स प्रकरणमासमेत जोडिएका बास्कोटालाई कुनै सोधपुछ गरिएको छैन । तर उनीअघि र पछिका सञ्चारमन्त्रीहरुलाई भने अख्तियारले बोलाएर बयान लिइसकेको छ। यसको अनसन्धान कहाँ पुग्यो र सरकारले कहिलेसम्म जनतालाई जवाफ दिन्छ भन्ने कुरा जनताले कुरिरहेका छन् ।
अहिलेका गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारका सबै फाइल खोल्ने बताए पनि ७० करोड काण्डबारे उनले चासो दिएको पाइएको छैन । एमालेसँग शुरुआती चरणदेखि नै सम्बन्ध विस्तार गरिरहेका लामिछानेले के एमालेका नेताहरुमाथि अनुसन्धान गर्ने आँट गर्लान् त ? भन्ने प्रश्न पनि उठेको छ। जनभावना साप्ताहिकबाट
Facebook Comment