सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी खुल्यो

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रिया
Facebook Comment