बेलायतले चीनमाथि साइबर हमलाको आरोप लगायो, सांसद र निर्वाचन आयोगलाई लक्षित गरेको दाबी
काठमाडौं । बेलायती सरकारले चीनले सांसद र निर्वाचन आयोगविरुद्ध ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ ।
बेलायतले साइबर आक्रमणको आरोपमा दुई व्यक्ति र एक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
उपप्रधानमन्त्री ओलिभर डाउडेनले बेइजिङको आलोचना गर्ने सांसद र ४ करोड मतदाताको तथ्याङ्क प्राप्त गर्ने प्रयास गरिरहेको बताए ।
बेलायतस्थित चिनियाँ दूतावासले यी आरोपहरूलाई ‘निराधार’ भनेको छ। प्रतिबन्ध लगाइएका दुई चिनियाँ नागरिकको नाम झाओ गुआन्जाउ र नि गुओबिन हुन्।
कम्पनीको नाम वुहान जियोरिजी विज्ञान र प्रविधि कम्पनी लिमिटेड हो।
प्रतिक्रिया
Facebook Comment