सुन तस्करीको आरोपमा दुई जना पक्राउ
काठमाडौं। प्रहरीले सुन तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी र गोरखाका नागकरिक भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। स्रोतका अनुसार उनीमाथि रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोप छ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका-६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा हुन्।
भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान लागि भन्सार कार्यालयमा पठाइएको छ।
प्रतिक्रिया
Facebook Comment