नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
काठमाडौं। नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ ।
कान्हेम्यानलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो ।
उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ले सर्वाधिक बिक्रीको रेकर्ड बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए।
इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए ।
प्रतिक्रिया
Facebook Comment