उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने ओलीको दावी

डिसी नेपाल
१७ चैत २०८० १८:०२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरेका छन्।

एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसाबले पनि अन्तिम समयमा उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरेका छन्। एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भएपनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने उनले बताए।

ओलीले एमाले अन्दाजका भरमा हिड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाब राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने बताए।

उनले उपनिर्वाचनमा दुई सय युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठिक हुन नदिने गरि बस्न निर्देशन दिए। ओलीले हार्न मञ्जुर रहेको र बुथ कब्जा मञ्जुर नरहेको बताए।

त्यस्तै ओलीले विगतमा विभिन्न कारणले एमालेविरुद्ध खतरनाक गठबन्धनको सामना गर्नुपरेपनि यसपटकसुखद परिणामतर्फ रुपान्तरित चाहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *