प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदकाे प्रश्नकाे जवाफ दिने

डिसी नेपाल
२० चैत २०८० ६:३४

काठमाडाैं। प्रतिनिधिसभाकाे बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बाेलाइएकाे छ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन्।

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन्।

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले …बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेसÚ तथा …अनुमाेदन गरियाेस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे …बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेसÚ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *