टेलिकमद्वारा एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागू

काठमाडाैं।नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आफ्नो टेलिभिजन सेवा एनटीटीभी आलाकार्टा शुल्क प्रणली लागू गरेको छ।
सरकारको आलाकार्टा शुल्क प्रणली लागू गर्ने निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेना एनटीटीभी ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली सुरु गरेको हो।
यो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार ब्याक्वेट प्याकेज थप गरी प्याकेजहरु थप गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
सुरुको तीन महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सबस्क्रिप्सन गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा प्रिमियम प्याकेज उपलब्ध हुनेछन्।
ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गर्नुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप ब्यांक्वेट प्याकेज खरिद गर्नका लागि टिभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन्।
यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएकाले यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको टेलिकमले जनएको छ।
Facebook Comment