श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने

डिसी नेपाल
२२ चैत २०८० १६:३०

काठमाडौं। सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय भएको र त्यसको सुचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्राडा पशुपति चौधरी र सदस्य पदमा वीरेन्द्रप्रसाद यादव नियुक्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रवक्ता शर्माले सरकारी प्रकरणमा गृहमन्त्रीमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन समिति गठनको आवश्यकता नरहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *