कृषि विकास बैंकको मोबाइल बैंकिङ एपबाटै कर्जा

काठमाडौं। कृषि विकास बैंकले बढ्दो डिजिटल प्रविधि माग तथा प्रयोगलाई आत्मसात ‘एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ। सुविधामार्फत योग्य ग्राहकले २ लाखसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिनाधितो कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकमा तलबी प्रकाका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाटै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन्। यस्तै प्रि–पेमेन्टको विकल्प पनि रहनेछ।
एडीबीएल इन्स्टान्ट फोनलोन योग्य ग्राहकले ‘बाई नाउ, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्नेछन्। बीएनपीएल सुविधा प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ। यसबाट ग्राहकले आफूलाई चाहिएको सामान खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ।
त्यसैगरी ग्राहकले कन्भर्ट टू ईएमआई सुविधाअन्तर्गत अघिल्लो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्।
सेवा प्रयोग गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएस इन्स्टान्ट फोनलोनमा रजिस्ट्रर गर्न सकिने बैंकका सीईओ सागर शर्माले बताए।
Facebook Comment