आज सेयर कारोबार संगै बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं। सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो ।
आइतबार बजार २२. ७५ अंकले बढेर २०२६. ८१ अंकमा बन्द भएको थियो । यसैगरी, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको छ । सेयर बजार अब मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ ।
प्रतिक्रिया
Facebook Comment