युक्रेनको जापोरिझिया आणविक प्लान्टमा आक्रमण भएपछि संयुक्त राष्ट्रसंघको चेतावनी
काठमाडौं । युक्रेनको जापोरिजिया पावर प्लान्टमा नयाँ ड्रोन हमलाले “ठूलो आणविक दुर्घटना” हुने खतरा बढाएको संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनी दिएको छ।
रुसले तीन जनाको ज्यान गएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ। ६ रिएक्टर भएको यो प्लान्ट रुसको नियन्त्रणमा छ र रुस–युक्रेन द्वन्द्वको अग्रपंक्तिमा छ ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बारम्बार यस्ता आक्रमणहरू विरुद्ध चेतावनी दिँदै आएको छ।
आईएईएका प्रमुख राफेल ग्रोसीले आइतबारको ड्रोन हमला “प्लान्टलाई ध्यान नदिई लापरवाहीपूर्वक” गरिएको र अब “आणविक सुरक्षाको लागि खतरा बढेको” बताएका छन्।
दक्षिणी युक्रेनमा अवस्थित जापोरिजिया आणविक प्लान्ट युरोपको सबैभन्दा ठूलो प्लान्ट हो। सन् २०२२ मा युक्रेनमा हमला गरेपछि मात्र रुसले कब्जा गरेको थियो ।
जापोरिजियामा रहेको आइएइए टोलीले रिएक्टर सहित प्लान्टमा “ड्रोन हमलाको प्रभाव” पुष्टि गर्यो।
प्लान्टका रुसी-स्थापित अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताए।
आइएइएले आणविक सुरक्षामा अहिलेसम्म कुनै सम्झौता नभएको बताउँदै “यो घटनाले रिएक्टरहरूलाई कमजोर बनाएको छ, गम्भीर खतरा खडा गरेको चेतावनी दिएको छ।”
Facebook Comment