१० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौं : उद्योगमन्त्री भण्डारी

काठमाडाैं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन्।
नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक बिकासमा निजि क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन्।
उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे। समायानुकल उद्योग नीति, बाणिज्य नीतिहरुलाई समयमानुकुल अघि बढाउने उनले बताए। मन्त्री भण्डारीले आगामी आर्थिक बर्षको बजेटले उद्योगहरुलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने दाबी गरे।
अहिलेको कर प्रणालीमा निजी क्षेत्रको असन्तुष्टिलाई अगामी बजेटले सम्बोधन गर्ने उनले बताए। मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताए।
उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए। उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए।
उनले भने,‘उद्योगमैत्री कानून बनाउने अन्तिम चरणमा पुगेका छौं। त्यसको प्रक्रियामा अगाडि बढेका छौं। यही संसदको अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानूनहरु संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं। त्यसमा सरकारको छुट्टै छैन। जब निजी क्षेत्र बलियो हुँदैन।’
Facebook Comment