लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

डिसी नेपाल
२६ चैत २०८० १४:३९

काठमाडौं। लुयान नेपालले सोमबारदेखि लागुहुने गरी नयाँ बर्ष लुयानको हर्ष अफर सँचालनमा ल्याएको छ। यस अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा रु. २५,००० सम्म छुट पाउन सक्नेछन् । लुयानको एमएनके३ र एस३० मा रु. १५,००० र एस७०प्रो मा रु. २५,००० नगद छुट पाउनेछन् ।

साथै एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्नेछन्। यसका साथै सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ।

यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते सम्म लागु हुने कम्पनीका सेल्स हेड शंकर शर्माले एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
कम्पनीले पुराना मोटरसाइकल तथा स्कुटरसँग साटेर नयाँ लुयानका स्कुटर लैजाने सुविधा पनि कायम नै राखिएको जनाएको छ। साथै नगद नहुने ग्राहकहरुको लागि फाइनान्सको समेत सुविधा उपलब्ध रहेको जनाएको छ।

यो स्किम कम्पनीकोे मुख्य शोरुम नागपोखरीमार्ग, काठमाण्डौं लगायत मुलुकका अन्य शोरुम तथा डिलरहरुबाट समेत पाउन सकिने जनाइएको छ। लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको छ ।

विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपाली बजारमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छं ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *