पाकिस्तानी प्रधानमन्त्री र साउदी राजकुमारबीच भेट
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका छन् ।
हमास र इजरायलबीचको द्वन्द्वमा शान्तिको अपिलसँगै भारतका बारेमा पनि दुई नेताबीच कुराकानी भएको थियो । दुवै नेताले भारत र पाकिस्तानबीच वार्ताको आवश्यकतामा जोड दिए ।
बैठकमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको जम्मु–कश्मीर विवादको समाधान आवश्यक रहेको र यसका लागि वार्ता नै एकमात्र उपाय भएको उल्लेख गरिएको छ ।
यसै क्रममा क्राउन प्रिन्स सलमानले सरिफलाई पाकिस्तानको प्रधानमन्त्रीको पद ग्रहण गरेकोमा बधाई पनि दिएका थिए ।
पाकिस्तान लामो समयदेखि आर्थिक समस्याको सामना गर्दै आएको छ र यसका लागि साउदी अरबको सहयोग खोजिरहेको छ । यसका लागि पाकिस्तानले धेरै क्षेत्रमा साझेदारी र लगानी खोजिरहेको छ।
दुवै देशले पाकिस्तानमा ५ करोड अमेरिकी डलर लगानी गर्ने सहमति गरेका छन् ।
यी वार्तामा दुवै पक्षले पाकिस्तानमा ५ अर्ब डलरको लगानी प्याकेजको योजनालाई तीव्रता दिने प्रतिबद्धता दोहोर्याएका छन्।
Facebook Comment