यस वर्षको ईद बुधबार मनाइने साउदी अरेबियाको घोषणा

डिसी नेपाल
२७ चैत २०८० १२:१०

काठमाडौं । साउदी अरबमा बुधबार इद मनाइँदैछ । मंगलबार रमजानको अन्तिम दिन हो । साउदी अरबको सर्वोच्च अदालतले यस्तो घोषणा गरेको हो ।

यस वर्ष रमजानको महिना ११ मार्चबाट सुरु भएको थियो । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा इद उल फित्र पर्व मनाइन्छ ।

रमजानको महिना नजिकिँदै गर्दा, विश्वका १.९ अरब मुस्लिमहरू सफा आकाशको आशामा छन्।

चन्द्रमाको आधारमा हिजरी क्यालेन्डर अनुसार इस्लाम धर्मका चाडपर्व र चलनहरू चल्छन्।

यस पात्रोमा पनि वर्षमा १२ महिना हुन्छन् र रमजान नवौं महिना हो ।

मुस्लिमहरूका लागि, चन्द्रमामा आधारित क्यालेन्डर पछ्याउन धेरै महत्त्वपूर्ण छ।

रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरू बिहानदेखि सूर्यास्तसम्म व्रत बस्छन् । यसको मतलब यो अवधिमा उनीहरूले केही खाँदैनन् वा पिउँदैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *