भारतले पाकिस्तानमा व्यक्ति हत्या गराएको रिपोर्टबारे अमेरिकाले के भन्यो ?
काठमाडौं । हालै एक मिडिया रिपोर्ट बाहिर आएको छ जसमा भारतले पाकिस्तानमा १० कथित आतंककारीको हत्या गराएको दाबी गरिएको थियो।
यस रिपोर्टका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा रक्षामन्त्री राजनाथ सिंहले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि छिमेकी देशमा बस्ने कसैले भारतलाई अस्थिर बनाउने प्रयास गर्छ भने हामी उसलाई उचित जवाफ दिनेछौँ ।’
यस सम्पूर्ण मामिलामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरलाई अमेरिकाले यसलाई कसरी हेर्छ भनेर सोधिएको थियो।
यसको जवाफमा उनले भने– ‘हामी यस सम्बन्धमा मिडिया रिपोर्टलाई फलो गरिरहेका छौं । रिपोर्टमा लगाइएको आरोपबारे हामी केही भन्न चाहँदैनौं। हामी दुवै देशले यो विषयलाई नबढाउन र वार्ताबाट समाधान खोज्न आग्रह गर्न चाहन्छौं ।”
अप्रिल ४ मा, बेलायती अखबार द गार्डियनले एउटा रिपोर्ट प्रकाशित गर्यो जसमा भारत सरकारले आफ्नो व्यापक रणनीतिको रूपमा पाकिस्तानमा बस्ने कथित आतंकवादीहरूलाई मारेको दाबी गरिएको थियो।
भारत र पाकिस्तानका गुप्तचर अधिकारीहरूसँगको कुराकानीबाट यो जानकारी प्राप्त भएको पत्रिकाले जनाएको छ ।
योसँगै अखबारले पाकिस्तानी अन्वेषकहरूको तर्फबाट धेरै कागजातहरू पनि नजिकबाट हेरेको दाबी गरिएको छ।
यी कागजातहरूले देखाउँछन् कि कसरी भारतको विदेशी गुप्तचर एजेन्सीले २०१९ पछि राष्ट्रिय सुरक्षामा नयाँ दृष्टिकोणको रूपमा विदेशमा कथित आतंकवादीहरूलाई मारिरहेको छ।
Facebook Comment