गण्डकी प्रकरणबारे रिटमा, आज पेसी

डिसी नेपाल
२८ चैत २०८० ६:४६

काठमाडौं। गण्डकी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सभामुख सहितको हस्ताक्षरमा बहुमत देखाएर खगराज अधिकारी सोमबार मुख्यमन्त्री बनेपछि उक्त नियुक्ति असंवैधानिक भएको भनी सर्वोच्चमा रिट दर्ता भएको थियाे।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका थिए। मंगलबार दायर भएको रिटमा सर्वोच्चले आजलाई पेसी तोेकेको छ।

बुधबार प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार असंवैधानिक मानिनेछ भने अन्तरिम आदेश नभएमा अन्तिम आदेश नहुँदासम्म गण्डकीमा नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी नेतृत्वको सरकार कायम रहनेछ।

रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरिएको छ। रिटमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफैँले संविधानबमोजिम दिएको पत्रविपरीत कार्य गरेको पनि जिकिर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *