भक्ति

शंकरप्रसाद रिजाल
२८ चैत २०८० १२:००

भक्ति शब्द संस्कृत भाषाबाट उद्बिज भएको हो, जसको अर्थ भगवानसँग आशक्ति वृद्धि गर्नु र कुनै कुराप्रति लगन वा लगाब राख्नु, सोही अनुसार अनुगमन गरी अनुशरण गर्नु हो। यो शब्द बिशेष गरेर हिन्दु परम्परामामा आधारित बिषय बिशेष हो।

यसले भगवानसँग बिशेश सम्बन्ध स्थापित गर्दछ र यसको निरन्तर भक्तिले निराकार रुपमा रहेर बसेको ईश्वरलाई साकार रुपमा हेर्ने चेष्टा र प्रयास गर्दछ। भक्ति बिभिन्न योग साधना र पार–भौतिक शास्त्रको गहिरो अध्ययनबाट प्राप्त

गर्न सकिन्छ भन्ने बिभिन्न शास्त्रमा उल्लेख छ। भक्ति एउटा यस्तो अभियान हो जसको कार्यले सिधै दैबी शक्ति प्राप्ति गरी सधैं उनको समिप र समर्पणमा कसैलेपनि अभ्यास गर्न सक्ने एउटा कसौटी हो।

यो एउटा मुक्तिको मार्ग पहिचान गर्ने एक साधना हो, जसमा पूजापाठ, जप ध्यान, समर्पण, लगन दयामाया करुणा सबै प्रस्फुटित भइ भगवानको सम्झनामा आफ्ना आँखाबाट करुणाको सागर बग्ने एक जोश र जाँगर हो।

भक्तिले अनेकताबाट एकतामा ल्याउने काम गर्दछ र हरेकलाई ईश्वरप्रति बफादार हुने कर्म गराउँदछ। यसको सबैभन्दा महत्वपूर्ण कार्य भनेको जाति प्रथालाई अन्त्य गरी सबैलाई एकै समान देख्नु हो। सबैलाई आफैं जस्तो देख्नु र बुझ्नु हो। यो भक्ति कुनै खाने आहरा होइन, कुनै लाउने बस्त्र होइन, कुनै गफ र बिचारपनि होइन।

यो त पिउने चिज हो जुन रसपान गर्नाले सम्पूर्ण जीवन सफा, सुद्ध बनी खाली मनुष्य हितकोलागि मात्र काम गर्ने एक मार्ग बन्दछ, जसबाट परमात्माको दर्शन मिलोस्।
भनिन्छ–“पिवतभागवतम”। अर्थात् हरेक भक्तिलाई भागवतसरी मानी पिउने बानी गर्नु पर्दछ।

यही भक्ति र भावले सातदिन भित्र मृत्युको मुखमा परेका भागवतमा लिखित राजा परमहंश परिक्षित माहाराजलाई परमहंश सुकदेब स्वामीले भागवतको कथामृत पिलाउँदा राजा परिक्षित मृत्युदेखि निडर भएका थिए। त्यही भक्ति र भावले सबरीको झोपडीमा स्वयं उपस्थित भएका थिए।

त्यस्तै भक्ति र भावलेगर्दा सुदामा र मीराबाइलाई भगवान कृष्णले आफ्नो प्रिय बनाउनु भएको थियो। त्यस्तै भक्तिले सुरदास बल्लभाचार्यद्वारा कृष्णका अनन्य भक्त थिए। फिर्दोस त्यस्तैथिए। रामकृष्ण परंहंश त्यस्तै भक्त थिए।

उनको संगतले स्वामी बिबेकानन्द पनि भगवतीका परमं भक्त थिए। त्यस्तै अवतार महाप्रभु बाबा लाहेरी माहाशय, नेपालका खप्तड बाबा, स्वर्गद्वारी महाप्रभु, फेरि भारतका देवराह बाबा, सत्यसाई बाबा प्रकाण्ड ईश्वरका भक्त थिए, जसले संसारका मनुष्यलाई ठूलो धार्मिक र आधात्मिक ज्ञान दिई भक्ति भाव देखाएका थिए।

अध्यात्म दर्शनतिर अवलोकन गर्ने हो भने ईश्वर सत्य छ। सत्य नै शिव अंकीत गर्दछ र शिव नै फेरि एक सुन्दर र अनन्तको प्रतिमूर्ति हो जसबाट सबैले निर्गुण तत्व प्राप्त गर्न सकिन्छ। भक्ति र भावमा ईश्वर भित्र आत्मामा छम् छम् नाचिरहेको पाइन्छ, जसरी देवी पार्वती हरदम उनको मनमा नाचिरहेकी हुन्छिन्।

भक्ति त्यो सत्य हो जसले भगवानदेखि सबै मानिसहरुको मन जित्ने काम गर्दछ र मानिसलाई किनै प्रभावशाली र शक्तिबान बनाउँदछ। लंकाका राजा रावण नित्य भगवान शिवजीको पूजा पाठ, ध्यान तपस्या गरी बस्थे। यसैको कारण उनी अत्यन्त शक्तिशाली र प्रभावशाली र बुद्धिमान थिए।

सारा गुण र दोष भगवानमा अर्पण गरी बसी प्रभुकै सुन्दर नाम संकिर्तन गरी जीवन धन्य बनाउनुनै भक्ति र भाबको ज्वलन्त उदाहरण हो। जीवनका सबै भारहरु उही ईश्वरमा समर्पित गरी आफू चरण पद पुग्नु नै भक्तिको पराकाष्ठा हो। संसारको हातमा रहेका हामी सबै संसार हातमा लिइ बस्ने निरञ्जन निराकार ईश्वरसँग जोडीने प्रयास गरौँ। यसमा हामी सबैको कल्याण अबश्यमभावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *