आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं। नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र ९ईद० को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ ।
सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ ।
यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
प्रतिक्रिया
Facebook Comment