मनकामना स्मार्टको सभा आज, सेयरधनीहरुको हात खाली

काठमाडौं। मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ ।
यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो ।
प्रतिक्रिया
Facebook Comment