काभ्रेको एक घरमा विस्फोटक पदार्थ फेला, काटे बोधिचित्तको रूख पनि
काठमाडौं। काभ्रेको एक घरमा अज्ञात समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको छ ।
काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित ठकुरानी तामाङको घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
तामाङको घरको ढोकामा बम राख्नुका साथै बोधिचित्तको रूख काटिदिएर छ। घटनामा संलग्न हरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कस्ले किन यस्तो क्रियाकलाप गरेको हो यस बारेमा अनुसन्धान भइरहेको छ ।’ प्रहरीले भन्यो।
अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन्।
प्रतिक्रिया
Facebook Comment