नारायणी डेभलपमेन्ट बैंकको वैशाख १८ मा साधारण सभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभा वैशाख १८ गते, होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
यता, लाभांश सम्बन्धी कुनैपनि एजेण्डा नरहेकोले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको बैंकले जनाएको छ । साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने पनि सभामै घोयाणा गरिनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।
Facebook Comment