पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुँदै

काठमाडौं। परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिँदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रुपमा काम गर्ने गरि निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ।
यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स् कम्पनी अब निओ मनिट्रान्स्फरबाट सञ्चालनमा आएको हो।
एक दशक भन्दा लामो समयदेखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्रान्ड गरेको छ। विदेशमा रहेका नेपालीले मेहनत गरेर कमाएको पैसालाई नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरि न्युनतम शुल्कमा छिटो, सुरक्षित, र भरपर्दाे तरिकाले आफन्तको माझमा पुर्याउने काम यस संस्थाले गरिरहेकोे छ।
निओ अर्थात नयाँ वा पुनर्जीवित रूप हो भने निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान हो।
निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट पठाएको रकम केहप् सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सक्नेछन्।
त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सक्नेछन्।
निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, “नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायको रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताको लागि प्रतिबद्धताको साथ, आप्रवासी नेपालीको लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै, उनीहरूलाई सरल तथा न्युनतम लागतमा सेवा प्रदान गर्नेछौँ। डिजिटल रेमिटेन्स किफायती हुनुको साथै यो छिटो र सुरक्षित भएको हुनाले हामी हाम्रा सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिनेछौँ।”
डिजिटल रेमिटेन्स भनेकोे सेवाग्राहीको बैंक खाता तथा वालेट आइडीमा सिधै रकम भुक्तानी गर्ने माध्यम हो। यसले पैसा पठाउदा लाग्ने खर्च घटाउन निकै ठूलो योगदान दिन्छ।
विश्व बैंकले गरेको अध्ययनमा सन् २००९ मा कस्ट अफ मुभिङ फन्ड १० प्रतिशत रहेको थियो भने अहिले सन् २०२३ को अध्ययनमा यो ६.१८ प्रतिशत मा झरेको छ ।
दीगो विकास लक्ष्यले सन् २०३० सम्म ३ प्रतिशतमा झार्ने उद्देश्य लिएको छ र यो पारम्पारिक रेमिटेन्सलाई डिजिटल माध्यममा परिवर्तन गरिसकेपछि मात्र सम्भव हुनेछ। यहि लक्ष्यलाई निओ मनि ट्रान्सफरले समर्थन गर्दै देशमा सक्दो डिजिटल रेमिटेन्स भित्र्याउने उद्देश्य लिएको छ ।
Facebook Comment