यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ।
आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १३ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८० पैसा थियो।
Facebook Comment